काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सम्हाल्न कतार एयरवेजले प्रस्ताव गरेको छ। चरम आर्थिक संकटमा परेको नेपाल एयरलाइन्सको व्यवस्थापन सम्हाल्न कतार एयरवेजले पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यलयमा समेत प्रस्ताव पठाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत कतार एयरले नेपाल एयरलाइन्सको व्यवस्थापकीय जिम्मेवारी लिन चासो दिएको छ।
सरकारले पनि अहिलेकै अवस्थामा निगम व्यवस्थापन अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै रणनीतिक साझेदार वा कम्पनी मोडलको छलफलसँगै तत्कालका लागि व्यवस्थापन सम्हाल्न दिनेगरी छलफल थालेको छ।
कतार एयरवेजले चार वर्षअगाडि पनि निगमको व्यवस्थापकीय जिम्मेवारी लिन चासो देखाएको थियो।