खलङगा। कर्णाली राजमार्गका सडक खण्डहरु हिलाम्मे हुँदा त्यस सडकमा चल्ने सवारीसाधनहरुले सास्ती झेल्नु परेको छ। सिम्नेखोलामा पुल निर्माण भएता पनि सडक कालोपत्रे गर्ने जिम्मा पाएका निर्माण ब्यवसायीहरुले निर्माण कार्य समयम नगरीदिँदा सवारी साधन दैनिक जाम हुन्छ, जसले गर्दा पैदल यात्रुलाई र सवारीचालकहरुलाई समस्या परेको हो।
पुल नजिकै हिलोले गर्दा उकालोमा गाडी नजादा ट्रयाक्टरले घण्टौ लगाएर उद्धार गर्छ तर यात्रुले भने एउटा गाडी चढ्नको लागि दुई देखि चार घण्टासम्म कुर्नुपर्ने बाँध्यता रहेको छ। बाटो विग्रेको हुनाले ठुला तथा मालबाहक सवारीसाधनहरुलाई झनै समस्या परेको छ। सम्बन्धित निकायले यस क्षेत्रको बारेमा चासो नदिदा यस्तो समस्या झेल्नु परेको स्थानीयको भनाई छ।
कामको जिम्मा लिएको निर्माण ब्यवसायीहरुले समयमा काम नगरीदिँदा यस ठाउँका स्थानीय साथै सवारी साधन र मालवाहक गाडीहरुले अत्यधिक मात्रामा दुःख पाउनु परेको छ।