तनहुँ। तनहुँमा विद्यार्थी नभएका विद्यालय खारेज गरिने भएका छन्। विद्यालयमा विद्यार्थी नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गरिने भएको हो।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखको सम्पन्न बैठकले विद्यार्थीविहीन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरूबाट तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने निर्णय भएको बैठकमा सहभागी एक स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखले जानकारी दिए।