हुम्ला। सडक निर्माणको क्रममा खसेको ढुंगा लागेर एक मजदुरको मृत्यु भएको छ। कर्णाली करिडोरअन्तर्गत छारे–लेप्च्या खण्डमा सडकको काम गर्ने क्रममा खसेर लागेको ढुंगा खस्दा एक मजदुरको मृत्यु भएको हो।
सर्केगाड गाउँपालिका–२ स्थित लेप्च्याको सडक निर्माण गर्ने क्रममा मुगुको सोरू गाउँपालिका– ५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षका मनसिंह बुढाको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा लोप्च्या सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुंगा लागेर बुढा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
भिरबाट खसेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।