पाँचथर। फिदिम बजारको अस्पताल मोडमा पूर्वमन्त्री पद्मसुन्दर लावतीको सालिक अनावरण गरिएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार सालिक अनावरण गरेका हुन् ।
सालिक अनावरण कार्यक्रममा खापुङले लावतीले पाँचथरसँगै तत्कालीन मेची र कोशी अञ्चलका पहाडी जिल्लामा विकासका निर्माणको जग बसाउन महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे ।
लावती पञ्चायत कालका अधिकांश समय सरकारमा मन्त्री बनेका थिए । लावतीको सालिक निर्माण समितिले १२ लाख १७ हजार रुपैंया खर्च भएको जानकारी दिएको छ ।लावतीको २०७२ सालमा निधन भएको थियो ।