काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल धरौटीमा रिहा भएका छन्। १५ लाख रुपैयाँ धरौटी बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर नेता टेकनाथ रिजाललाई थुनामुक्त गरिएको हो।
उच्च अदालत पाटनले नेता टेकनाथ रिजाललाई गत मंसिर १५ गते नै १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।
हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार उनलाई थुनामुक्त गरिएको हो। अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ ।