काठमाडौं। स्थानीय सरकार बनेपछि रामेछापमा १५० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको छ। स्थानीय सरकार बनेपछि जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा ६५ किलोमिटर सडक कालोपत्रे भएको हो।
पछिल्लो समय नयाँ सडक बनाउने भन्दा पनि भएको सडकलाई मर्मत गरि व्यवस्थित बनाउन नगरपालिका अगाडी बढेको छ। उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलका अनुसार स्थानीय सरकार बनेपछि सडक निर्माणको कामले प्राथामिकता पाएको छ।
गाउँपालिकाहरुमा खाडादेवी गाउँपालिकामा सबैभन्दा बढी र लिखुतामाकोसी गाउँपालिकामा सबै भन्दा कम सडक कालोपत्रे भएका छन्। पालिकाका सुचना अधिकारीका अनुसार यो समय अवधीमा खाँडादेवी गाउँपालिकामा ३० किलोमिटर र लिखुतामाकोसी गाउँपालिकामा सय मिटर कालोपत्रे भएको छ। पालिकाभित्र सात किलोमिटर सडक कालोपत्रे गर्नेकाम जारी रहेको गाउँपालिकाले जानकारी दिएको छ।