काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत लाइन काटेको विरोधमा रुपन्देहीका १९ उद्योग बन्द गरिएको छ। प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेवापतको बक्यौता महसुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगीहरू उद्योग नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।
प्राधिकरण भैरहवा वितरण केन्द्रले ट्रंक तथा डेडिकेटेड लाइनको महसुल नतिरेको भन्दै गत पुस १३ मा बुटवल–भैरहवा कोरिडोरका घराना फुड र सिद्धार्थ पेट प्लास्ट लगायतका उद्योगको लाइन काटेको थियो । लाइन काटिएका उद्योगसँगै थप १९ उद्योगीले पनि उद्योग नै बन्द गरेर काटिएको लाइन पुनः जडान गर्न र आगामी दिनमा लाइन नकाट्नु भन्दै ज्ञापनपत्र बुझाएका छन्। भैरहवा वितरण केन्द्रले हालसम्म ३ वटा उद्योगको लाइन काटिसकेको छ।
उद्योगीको मागप्रति प्राधिकरणले बेवास्ता गरेपछि कोरिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ। हालसम्म लाइन काटिएका उद्योगीहरूले टीओडी मिटरको प्रमाण भए महसुल तिर्न तयार रहेको बताउँदै आएका छन् । उनीहरूले प्रयोग नै नगरेको बिजुलीको महसुल नतिर्ने बताउँदै आएका छन्।
उद्योग नै बन्द गरेर आन्दोलनमा उत्रिएका कम्पनीहरू:
१.घराना फुडस प्रालि
२.सिद्धार्थ पेट प्लाष्ट
३.पञ्चकन्या प्लाष्टिक इन्डष्ट्रिज प्रालि
४.पञ्चकन्या स्टिल प्रालि
५.एस.आर. फुडस प्रालि
६.यशोधा फुड प्रालि
७.एभरेष्ट रोलिङ इन्डष्ट्रिज प्रालि
८.गोयनका फुडस प्रालि
९.सोना प्याकेजिङ इन्डष्ट्रिज प्रालि
१०.एस.आर स्टिल प्रालि
११.नव नेपाल प्लाष्टिक इन्डष्ट्रिज
१२.जय दुर्गा प्लाष्टिक इन्डष्ट्रिज
१३.नेसनल रबर इन्डष्ट्रिज
१४.शुभलक्ष्मि पोलिफर्म
१५.सोना पोलिफर्म इन्डष्ट्रिज
१६.श्याम प्लाष्टिक उद्योग प्रालि
१७.ए.जी हेल्थ इन्डष्ट्रिज
१८.भलवारी स्वचालित चामल कारखाना
१९.जी.वी टेक्सटाइल