काठमाडौं। चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माण गर्नका लागि पहाड काट्न म्याद थप गरिएको छ । २१ दिनमा १५ मिटर पहाड काट्न सफल भएको र पहाड काट्न अझ ३० दिन यातायात बन्द गरी काम गर्न म्याद थप गरिएको हो।
पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई छ।
करिब ६० मिटर पहाड मध्य हाल सम्म ३५ मिटर पहाड काट्ने काम भएको र अझ २० मिटर पहाड काट्न बाँकी रहेको छ । नारायण(मुग्लिङ सडक खण्डमा पहाड काट्ने कामको राम्रो प्रगति देखिएको कारण पहाड काट्नका लागि माघ २० गतेसम्मको समय दिइएको बताइएको छ।
उक्त पहाडमा कडा चट्टान भएको कारण कटान गर्न कठिन छ । उक्त पहाड काट्न ३८ टन र २२ टनको ३ वटा हाइपावर रक ब्रेकर प्रयोग गरेर चट्टान काट्ने काम भईरहेको छ ।