काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनबाट उद्योगी, व्यवसायीले प्रयोग गरेको विद्युत्को महसुल नियमअनुसार असुल गर्न माग गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन र कर्मचारी संगठनहरूले विद्युत्को महसुल नियमअनुसार असुल गर्न माग गरेका हुन् ।
महसुल नतिरी विद्युत् लाइन जोड्न सरकारले दिएको निर्देशनप्रति आपत्ती जनाउँदै प्राधिकरणका कर्मचारी संगठनहरूले संयुक्त विज्ञप्ती जारी गरेर यस्तो माग गरेका हुन् ।
लोडसेडिङको बेला नागरिकलाई अन्धकारमा राखेर उद्योगी व्यवसायीले विद्युत् उपभोग गरेको, त्यस्तो विद्युत्तबाट उत्पादन गरिएको वस्तु तथा सेवा पनि सरल मूल्यमा नागरिकलाई उपलब्ध नगराएकोले त्यस्तो विद्युत्को मुहसुल नियमअनुसार नै प्राधिकरणले असुलउपर गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
आधारिकक ट्रेड युनियन, कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचराी युनियनले संयुक्त विज्ञप्ती जारी गरी यस्तो माग गरेको हो ।