काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्न साढे १ खर्ब रुपैयाँ लागत लाग्ने भएको छ । अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न लागेको १०६३.३६ मेगावाटको अपर अरुण निर्माण गर्न साढे एक खर्ब लाग्ने अनुमान गरिएको हो।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआए) प्रतिवेदन तयार गरिसकेको छ । कम्पनीले तयार पारेको इआइए प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न १ खर्ब ४४ अर्ब १ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १३ करोड ५४ लाख ३६ हजार रुपैयाँ लागत लाग्ने देखिएको छ ।
यसअघि आयोजना बनाउन १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । आयोजनालाई लगानी जुटाउन अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कूल लगानीमध्ये एचआइडिसीएलले ५३.३४ अर्ब रुपैयाँ जुटाउने प्रतिवद्धता जनाएको छ । यसैगरी, विश्व बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंक ९इआइबी० ले लगानी भएका छन् । बाँकी स्वपुँजी लगानी हुनेछ ।