सुनसरी। नेपालकै ठुलो सप्तकोसी नदीमा पाँच किलोमिटर लामो झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण हुने भएको हो ।
सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निमार्ण विभाग अन्र्तगत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको हो । सप्तकोसी नदीमै पहिलो पटक यति लामो झोलुङ्गे पुल निमार्णको लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको छ।
झोलुङ्गे पुल सर्भेको लागि ऋषीकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको छ। डिपिआरको डिजाइन सकिए लगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताइएको छ ।
टप्पु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनको लागि राम्रो मानिँदै आएको छ । पुल वनेपछि टप्पु बासीको दैनिक जीवनमा सहजता हुने छ । टप्पु बासीले उत्पादन गरेका कृषि उपजहरू बजार लान सहज हुने छ । पुलको निमार्ण पछि आन्तरिक पर्यटकहरू घुम्न आउने हुँदा स्थानीयहरूको आयस्रोतमा समेत टेवा पुग्ने बताइएको छ ।