जुम्ला। मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सड्क अन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडकखण्ड निर्माण तीव्र गतिमा अगडी बढेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर भइरहेको हो।
जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको छ । छिनासाँघुदेखि दानसाँघु ३.५ किमीसम्म कास्यप निर्माण सेवाले निर्माण कामको जिम्मा लिएको छ ।
यसै गरी दानसाँघुदेखि झारज्वाला ३.५ किमीसम्म थोदुङ कन्स्ट्रक्सन, बाबिखोलादेखि मौरे लेखसम्म अर्घाखाची–महेश जेभीले काम गरिरहेको छ । यस क्षेत्रमा अर्को निर्माण कम्पनीले काम गरिरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।