काठमाडौं। बेतन कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिपोर्ट) स्वीकृत भएको छ। सुर्खेत र अछामको सिमानामा रहेको ४३९ मेगावाटको आयोजनाको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको हो।
आयोजना बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको हो ।
विद्युत् विकास विभागले अनुमति दिएपछि, वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौता (पिपिए) गरेर संरचना निर्माणको काम सुरु गर्ने कम्पनीले जनाएको छ।
आयोजना निर्माणपूर्वका सबै काम पूरा गरेर डेढवर्षभित्र आयोजनाको संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको छ। अहिले पहुँचमार्ग निर्माणको काम भइरहेको छ । अछाममा १८ किलोमिटर र सुर्खेतमा १४ किलोमिटर सडक खन्ने काम सकिएको छ ।