इलाम। इलाममा निर्माणाधीन देउमाई–फाकफोक–दोभान–नावालुङ–देउराली–हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।
निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ। उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान– नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब ५ किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिकाले जनाएको छ।
ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर (खानी) को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए।