काठमाडौं। बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । दुई सय किलोवाट क्षमताको सुर्नयागाड मंगलबारदेखि सञ्चालनमा आएको हो ।
२०७९ जेठ १४ गतेदेखि पूर्ण रूपमा बन्द भएको विद्युत्गृहको मर्मत संभार गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले बताएको छ। अहिले मर्मत गरेर परीक्षणका लागी दैनिक करिब एक घण्टा पाटन बजारमा विद्युत आपुर्ति गरिएको छ ।