काठमाडौं। खानेपानी र ढलको समस्या समधान भएसँगै निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम तीव्र गतिमा अघि बढिरहेको छ। २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै
भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको हो।
सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनीले जनाएको छ। यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ। महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो।
भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भए पनि मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताएकी छन्।