काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहदुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको ६०/७० प्रतिशत योगदान रहेको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान)ले २४औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको ६०/७० प्रतिशत योगदान रहेको बताएका हुन्।
उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र निजी क्षेत्रको माग पुरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए ।
उनले पछिल्लो दशकमा ८०० बाट २९०० मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको बताए । उनले अबको ३र४ महिनामा निजी क्षेत्रबाट करिब ५०० मेगावाट थप विद्युत् प्रणालीमा जोडिने जानकारी दिए । निजी क्षेत्रले आफूले यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आएमा सरकारले त्यसका लागि सहयोग गर्ने पनि मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।