काठमाडौं। माथिल्लो मोदी ए को प्राविधिक प्रस्तावमा ३ चिनियाँ कम्पनी छनोटमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक मोदी जलविद्युत् कम्पनी लिमिटेडले प्रवर्द्धन गर्ने माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको निर्माणका लागि ३ वटा कम्पनी छनोटमा परेका हुन् ।
४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यका लागि प्रस्ताव आह्वान गरिएको बोलपत्रमा सहभागी मध्ये ३ वटा चिनियाँ कम्पनीको प्राविधिक प्रस्ताव पास भएको छ।
छनोटमा पर्ने कम्पनीहरुमा जिआइसिजिसिएल–आरसिसी जेभी, एसएससिई–हाइ हिमालय जेभी र सिनोहाइड्रो–एसएआई जेभी रहेका छन् । फेब्रुअरी–२ मा यी कम्पनीहरुको आर्थिक प्रस्ताव समेत खोलिने कम्पनीले जनाएको छ । सार्वजनिक खरिद ऐन अनुसार प्राविधिक प्रस्तावका आधारमा छनोटमा परेका कम्पनीहरू मध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीले नै ठेक्का पाउने छ ।