काभ्रेपलाञ्चोक। रोशी गाउँपालिका–११ भिमखोरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन् ।
भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको हो । प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ ।
विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ।