काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विभिन्न सहरमा विद्युतीय तार भूमिगत गर्ने काम तिव्र गतिमा अघि बढाएको छ । प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनाले काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत भूगिमत लाइनको काम गरिरहेको हो ।
प्राधिकरणले विभिन्न क्षेत्रको विद्युत् सेवा बन्द गरी लाइन भूमिगत गरिरहेको छ । प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले भूमिगत लाइनको काम गर्न माघ १३ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ । दैनिक ४ घण्टा सेवा बन्द गरेर काम भइरहेको छ ।