काठमाडौं। ७.१ मेगावाटको ताक्सुखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ। नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको ताक्सु खोलामा पहिचान भएको आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले प्रस्तावित आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृती प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउने कम्पनीले जनाएको छ।
ताक्सु खोलाको बाँया किनारमा मुख्य संरचनाहरू पर्ने गरी डिजाइन तयार गरिएको छ । प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।