काठमाडौं। ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढेको छ। भारतीय कम्पनी एनएचपिसी लिमिटेडले आयोजनाको वतावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाएको हो ।
आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
विश्वका जुनसुकै इच्छुक तथा योग्य कम्पनीले आगामी ३५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको बोलपत्रको सूचनामा उल्लेख छ । त्यस्तै आयोजनाको बाँध क्षेत्र, नदीले पार्ने प्रभावित क्षेत्रको समेत अध्ययनका लागि एनएचपिसीले बोलपत्र आह्वान गरेको छ ।