भोजपुर। भोजपुर नगरपालिका–१० को महभीर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभीर र खुरिला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो ।
२० मिटर लम्बाइ रहेको पुलको सुनसरी–४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए ।
नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो ।