काठमाडौं। पाल्पालको निस्दी गाउँपालिका ८ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याइएको छ । उक्त गाउँपालिकाका ८ सय घरधुरीमा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याइएको हो।
३ हजार ५ सय घरघुरी रहेको उक्त पालिकाको ७ नम्बर वडामा यसअघि कुनै पनि स्रोतको बिजुली पुगेको थिएन । त्यस्तै, वडा नम्बर १ र २ मा साँझबिहान लघुजलविद्युत्को बिजुली बाल्ने गरिएको थियो ।
पालिकामा संघीय सांसद पाल्पा १ का नारायण आचार्य, विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझा, निस्दी गाउँपालिकाका प्रमुख मुक्तबहादुर सारुलगायतको उपस्थितिमा आइतबार फ्युज सेन्टर (नोलाइट) समेत स्थापना गरिएको र १४ वटा लोड सेन्टर सञ्चालनमा ल्याइएको पाल्पा वितरण केन्द्रले बताएको छ।