काठमाडौं। गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको कालीगण्डकी करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरी भएको छ। निर्माण कम्पनीले आफ्नो करिब ४८ लाख बराबरको सामान चोरी भएको जनाएको हो।
निर्माण कम्पनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको भन्दै निर्माण कार्य रोकेको छ। बुलिङटार–३ का वीष्णुवीर जर्घाले सामान लैजाँदै गर्दा ट्रयाक्टर दुर्घटनामा परेर मानिस समेत मरेको कम्पनीको दाबी छ। बुलिङटारमा निर्माणाधीन संरचनामा सहकार्य गरेर करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी रहेकाले जर्घाले सामान उठाएर लगेको निर्माण कम्पनीको भनाइ छ।
बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको कम्पनीले जनाएको छ।
निर्माण कम्पनीले सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी समेत दिएको छ।
क्द्यी
व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ ।