झापा। झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माण सम्पन १० मेगावाटको सौर्य आयोजनाले शुक्रबारदेखि व्यापारिक उत्पादन सुरु गर्ने भएको छ। झापा इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजना उत्पादन परीक्षण सम्पन्न गर्न लागेको हो।
आयोजनको उत्पादन परीक्षण पूरा भएपछि व्यापारीक उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन भएको विद्युत् पुस अन्तिम साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। विद्युत खरिद सम्झौता (पिपिए) मा भएको व्यवस्था अनुसार परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्न लागिएको छ।
परियोजनाबाट उत्पादित उर्जालाई प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जोडिएको छ ।
८१ करोड रुपैयाँको लगानीमा ४ वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजना माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको छ । परियोजनामा २५ प्रतिशत पब्लिक सेयरबाट लागत रकम जुटाइएको छ ।