काठमाडौं। याम्बालिङ खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । याम्बालिङ हाइड्रो पावर प्रालिले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न गरेको ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनाको विद्युत् शनिबारदेखि प्रणालीमा जडान गरिएको हो।
आयोजनाले उत्पादन गरेको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत ७ किलोमिटर दुरीमा रहेको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिएको कम्पनीले जनाएको छ।आयोजनाबाट माघ ६ गतेदेखि उत्पादन परिक्षण सुरु भएको हो ।
आयोजनाबाट हाल परीक्षण उत्पादन भइरहेको र दुई साता नेपाल विद्युत् प्राधिकरणलाई बिजुली निशुल्क दिइएपछि व्यापारिक उत्पादन सुरु गरिने छ। प्राधिकरणले माघ २१ गतेसम्म उत्पादन परिक्षण गर्नेछ ।
आयोजनाको काम १ अर्ब ६९ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान छ । सुरुमा आयोजना सम्पन्न गर्न १ अर्ब ५८ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।