धादिङ। दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालीका स्थित वडा नम्वर ६ र ७ जोड्नका लागी धुषा खोलामा पक्कि पुल निर्माणको काम सुरु भएको छ। उक्त खोलामा करिव २० मिटर लम्वाईको पक्कि पुल निर्माण हुने भएको हो।
पूल नहुदा वर्षाको समयमा निकै समस्या भोग्दै आएका बेनीघाट रोराङ्ग गाउँपालीकाको धुषा, स्यादुल,चौकी,र ओरवाङ्गलगाएत वुम्राङ्गका स्थानीयलाई अव भने पुल निर्माण भएसंगै आवत जावतमा निकै सहज हुने भएको छ ।
पुल निर्माणको क्रममा अव स्याल्व ढलानको अन्तिम तयारीमा निर्माण कम्पनी जुटेको छ । बाग्मती प्रदेश सरकार अन्तरगतको भौतीक पुर्वाधार विकास मन्त्रालयले सो पुल तिन करोड १६ लाखको लागतमा निर्माण गर्न लागेको हो ।
करिव २० मिटर लम्वाईको सो पुल भद्रकाली निर्माण सेवालाई २०७९को माघ महिनामा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले जिम्मा दिईएको हो ।