काठमाडौं। नयाँ मोदी सबस्टेसनदेखि कुश्मा–तल्लो मोदी सबस्टेसनसम्म ८.५१ किलोमिटर लामो प्रसारण लाइन बनाउन प्रक्रिया अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन बनाउन विद्युत् विकास विभागमा आवेदन दिएको हाे ।
प्राधिकरणले २०० मेगावाटसम्म विद्युत् प्रवाह हुने गरी १३२ केभी डबल सर्किटको उक्त प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको हो ।
प्राधिकरणले पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गास्थित नयाँ मोदी सबस्टेसनदेखि कुश्मा नगरपालिका–७ राहाते चिसापानीमा रहेको कुश्मा–तल्लो मोदीसम्म उक्त प्रसारण लाइन निर्माण गर्न लागेको जनाएको छ।
प्राधिकरणका अनुसार विभागबाट स्वीकृति प्राप्त भए लगत्तै आयोजनाको काम पनि अघि बढाइनेछ।
प्रस्तावित लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र सरोकारवालाले विभाग तथा प्रवर्द्धक कम्पनीमा आइपुग्नेगरी लिखित राय–सुझाव पेश गर्न पनि आग्रह गरिएको छ ।