काठमाडौं। सङखुवासभाको सिलिचोङ गाउँपालिकामा सिसुवा खोला जलविद्युत आयोजना निर्माण गरिने भएको छ। मातृभूमि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी प्रालिले १३.५ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो।
कम्पनीले आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । सिलिचोङ गाउँपालिका वडा नम्बर १ र २ मा अवस्थित सिसुवा र हिनवा खोलाको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृती प्राप्त भए लगतै आयोजनाको काम अघि बढाइनेछ ।
प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थानमा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सरोकारवालाहरूले सूचना प्रकाशित भएको ३५ दिन भित्रिमा लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।