काठमाडौं। तनहुँको व्यास नगरपालिका–७ कलेस्ती र व्यास नगरपालिका–६ चिन्तुटार जोड्ने नदीमा पुल निर्माण गर्न सुरु गरिएको छ। व्यास नगरपालिका–७ कलेस्ती र व्यास नगरपालिका–६ चिन्तुटार जोड्ने मादी नदीमा पक्की पुल निर्माण गर्न सुरु गरिएको हो।
उक्त पुल झोलुङ्गे पुलदेखी नजीकै बन्दै छ। सो पुलले वडा नम्बर ५, ६, ७ र १० का बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने छ। पुल नहुँदा आवतजावतमा समस्या भोग्दै आएका स्थानीय पुल निर्माण हुन सुरु भएसँगै खुशी भएका छन्।