काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले फागुन २ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनमा आउनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि फागुन २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।