सल्यान। सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा पीडित परिवार आफैँले गरि हालसम्म ९५२ वटा टहरा निर्माण गरेको हो।
सम्बन्धित घरपरिवार आफैँले ६६६, नेकपा माओवादी केन्द्रले २६२ र नेकपा एमालेले १७, नेपाली सेनाले ४ र एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाले जनाएको छ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पले दार्मामा १ हजार १७९ घरमा क्षति पुगेको थियो।