नेपालगन्ज। बाँकेको नेपालगन्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडकको शिलान्यास गरिएको छ। अस्फाल्ट प्रविधिबाट पीच हुने उक्त सडकको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।
उक्त सडकको शिलान्यास नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए ।
कुल ९७ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्फाल्ट पीच सडक संघीय सशर्त अनुदान र नेपालगन्ज उपमहानगरपालिकाको लागतमा बन्न लागेको उपमहानगरले जनाएको छ ।
निर्माण कम्पनी निरज एण्ड निराजन बिल्डर्स नेपालगन्जले निर्माण गर्न लागेको सडकले वडा नम्बर ४ बसपार्क र वडा नम्बर १९ सुर्जीजाउँलाई जोड्ने छ । सडक असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चैतभित्रै निर्माण सकिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ। उक्त सडक आठ मिटर चौडा र ८१७ मिटर लामो रहेको छ ।