चितव। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो ।
सवारीसाधन दैनिक ४ घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । मुग्लिनतर्फ १४ मिटर र खोलातर्फ ११ मिटर भित्तो काट्न बाँकी रहेको आयोजनाले बताएको छ। भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो। माघभित्रमा भित्तो काट्ने सबै काम सम्पन्न हुनेछ ।