काठमाडौं। अपर सेती हाइड्रो प्रालि र लक्ष्मी सन्राइज बैंकबीच लगानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार कास्कीको सेती नदीस्थित २० मेगावाट क्षमताको मथिल्लो सेती खोला जलविद्युत् आयोजनामा बैंकले लगानी गर्नेछ ।
आयोजनाको कुल लागत ४ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको छ । परियोजना निर्माणका लागि बैंक एक्लैले लागतको ७५ प्रतिशत लगानी गर्नेछ । बाँकी २५ प्रतिशत लगानी कम्पनीका प्रवद्र्धक तथा संस्थापकहरूले गर्नेछन् ।
आयोजनाबाट वार्षिक करीब ११३ दशमलव ५१ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ ।