काठमाडौं। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रका ३ जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीबीच विद्युत्को ‘कनेक्सन एग्रिमेन्ट’ भएको छ । दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न जलविद्युत् प्रवद्र्धक र ग्रिड कम्पनीबीच एग्रिमेन्ट भएको हो ।
ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र प्रवद्र्धक कम्पनीका प्रमुखहरुले सोमबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नासा हाइड्रोपावर लिमिटेडले दोलखामा निर्माण गर्ने १६० मेगावाटको ल्याप्चे खोला, इलिभेट इनर्जी प्रालिले मुगुमा निर्माण गर्ने ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र एपोलो इनर्जी प्रालिले मुगुमै निर्माण गर्ने १३५ मेगावाटको नमलान खोलाबाट उत्पादित विद्युत् प्रसारण गर्न उक्त सम्झौता गरिएको हो ।