बागलुङ। काठेखोला गाउँपालिकाले गोबर ग्यास प्लान्ट निर्माणको लागि अनुदान दिने भएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले गोबरग्यास प्लान्ट निर्माण गर्न लागेको जनाएको हो ।
रुख, विरुवाको संरक्षण तथा एलपी ग्याँसको प्रयोगमा न्युनिकरण गर्न गोबरग्यास निर्माणमा अनुदान दिन लागेको पालिकाले जनाएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ३२ जनालाई २५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउन लागेको हो। गोबरग्याँस निर्माणको लागि खाडल र आवश्यक ढुङ्गा उपभोक्ताले स्वयमले उपलब्ध गराउनुपर्ने छ ।
गाउँपालिकाले नेपाल सरकार सशर्त अनुदान पुँजीगत तर्फको नवीकरणीय सर्जा कार्यक्रम अन्तर्गत गोबरग्यास निर्माण गर्न लागेको हो ।