काठमाडौं। सिन्धुपाल्चोक स्थित ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको संरचना निर्माणको काम सुरु भएको छ । उत्पादन अनुमतिपत्र खारेजीमा परी लामो समयसम्म अलपत्र बन्न पुगेको आयोजनाको निर्माण पुनः सुरु गरिएको हो ।
सोमबार आयोजना स्थलमा औपचारिक कार्यक्रम गरी मुख्य सुरुङ खन्ने कार्यको थालनी गरिएको छ । आयोजनाको ३ किलोमिटर मुख्य सुरुङमध्ये २.४०० किलोमिटर पहिले नै खनिसकिएको छ ।
बाँकी सुरुङ खन्ने कार्यको थालनी गरिएको प्रवर्द्धक नेशनल हाइड्रोपावर कम्पनीले जनाएको छ। अहिले मुख्य सुरुङबाट काम सुरु गरी बाँकी संरचना पनि बनाउन थालिनेछ ।
उक्त आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ का प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ ।