काठमाडौं। पाल्पाको आर्यभन्ज्याङ–रामपुर सडक दैनिक ५ घण्टा बन्द हुने भएको छ। बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द हुने भएको हो।
हुमिन–ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम हुनेछ।
यही माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
ढुंगा माटो कटिङ गर्नका लागि सडक बन्द गर्न लागिएको हो। एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन भने संचालन हुने बताइएको छ।