पाल्पा। तानसेन–रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। माघ १७ (आज) देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो।
४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।
सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।
तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।