जुम्ला। जुम्लामा हिमपात भएको छ। यो हिउँदे यामको पहिलो हिमपात हो। सदरमुकाम खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।
हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान ढिलोगरी हिमपात भएपछि खुशी भएको जिल्लाको तिला गाउँपालिकाले जनाएको छ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाइ सेवा भने अवरुद्ध भएको छ।