काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र(एइपिसी)ले ४ लाख ४९ हजार घरेलु वायोग्यास प्लान्ट जडान गरेको छ। केन्द्रले पिछडिएका दुर्गम तथा ग्रामीण क्षेत्रका समुदायमा ग्यासको पहुँच पुर्याउन प्लान्ट जडान गरेको हो ।
केन्द्रले हालसम्म ४ लाख ४९ हजार ३३८ घरेलु वायोग्यास प्लान्ट जडान गरिसकेको छ । केन्द्रले विभिन्न संस्था वा स्थानीय तहसँग सहकार्य गरेर हालसम्म ३५७ वटा संस्थागत र व्यवसायीक बायोग्यास प्लान्ट तयार गरिसकेको छ ।
घरयासी बायोग्यास ग्रामीण क्षेत्रमा खाना पकाउन उत्तम प्रविधि साबित भएकोले यसको लोकप्रियता बढ्दै गएको छ । गोबरबाट निस्कने ग्यासले वातावरण प्रदुषण रोक्नुका साथै ग्रामिण महिलाको स्वास्थ्यमा सुधार हुने भएकोले यो प्रविधिको विस्तार हुँदै गएको छ ।