काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र(एइपिसी)ले देशको ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको योगदान करिब ८५ मेगावाट पुर्याएको छ । केन्द्रले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा नपुगेको दुर्गम क्षेत्रमा सौर्य, वायु, लघुजलविद्युत्बाट विद्युत् उत्पादन गरी सेवा पुर्याएको छ।
लघुजलविद्युत्बाट ३८.८४२ मेगावाट, रुफटप सोलारबाट १०.०८ मेगावाट, हाइब्रिड (मिनी ग्रिड सोलार र वायु)बाट २.७०७ मेगावाट विद्युत् उत्पादन गरेको जनाइएको छ । यसैगरी, ९ लाख ८८ हजार ३४१ वटा ‘सोलार होम सिस्टम’ जडान गरेको छ ।
यसैगरी, ४ हजार ५११ धार्मिक स्थलमा ‘होम स्टे’ सोलार जडान गरेको छ भने ३ हजार ३०९ वटा सौयै सडक बत्ती जडान गरेको तथ्यांक छ ।