भोजपुर। वडा कार्यालयले मिटर उपलब्ध गराएपछि विपन्नताका कारण विद्युत पहुँचबाट बन्चित रहेका परिवारको घरमा बत्ती बलेको छ। भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेपछि ती परिवारमा विद्युत पहुँच पुगेको हो।
नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको बताइएको छ।
आर्थिक अवस्थाका कारण विपन्न परिवारका लागि राज्यका निकाय सहयोगी बन्नुपर्ने अवस्थामा वडाले विद्युत् सेवाका लागि सहयोग गरेको अर्का स्थानीयले बताए।