काठमाडौं। नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । लामो समयदेखि सिन्धुपाल्चोकमा अलपत्र परेको ४.५ मेगावाटको तल्लो इन्द्रावतीको संरचनाको निर्माण सुरु भएको हो ।
२०६७ सालमा खारेज भई निर्माण बन्द भएको आयोजनाको पुनःनिर्माण सोमबारदेखि सुरु भएको कम्पनीले जनाएको छ । यो आयोजना १३ वर्षदेखि अलपत्र थियो ।
२०८२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सोमबार एक औपचारिक कार्याक्रमको आयोजना गरी सुरुङमा विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्ने काम थालनी गरेको कम्पनीले जनाएको छ । डेढवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम गर्ने कम्पनीको प्रतिबद्धता छ। सुरङको आँधी काम यसअघि नै सम्पन्न भइसकेको छ ।