काठमाडौं। १५ मेगावाटको धरमनगर सोलार फार्म–२ आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर ६ मा पशुपति रिन्यूएबल्स प्रालिले अघि बढाएको आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड लाग्ने अनुमान गरिएको हो ।
कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन ९इआइ० प्रतिवेदन अनुसार नगरपालिकाको धरमनगर तथा मजगवाँ गाउँ नजिकै १७ हेक्टर निजी जमिनलाई भाडामा लिई निर्माण गर्न लागिएको सौर्य आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत ८ करोड रुपैयाँ रहेको छ ।
आयोजनाको निर्माण सुरु भएको १२ महिनाभित्र सबै काम पूरा गर्ने योजना छ । यो आयोजना पूरा भएपछि औसत वार्षिक ३०.२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत २.९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ ।