धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि सडकमा ह्युम पाइप विछ्याउने भएको छ । कृषि बालीमा सिँचाइको पहुँच सहज रुपमा पुर्याउनका लागि गाउँपालिकाले पाइप विछ्याउन लागेको हो ।
कृषि ज्ञान केन्द्रमार्फत ८५ प्रतिशत अनुदानमा पाइप विछ्याउन लागेको पालिकाले जनाएको छ। गाउँपालिकामा खेतमा जानको लागि ग्राभेल विछ्याएर सडक निर्माण भएको छ । सो सडकबाट कृषिजन्य सामग्री ओसारपसारको लागि सवारी साधनसमेत जान सक्ने बताइएको छ ।
सो सडकमा पाइप विछ्याएसँगै नदीको पानी खेतबारीमा लैजान सजिलो हुने छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पनि कृषि सडकमा ह्युम पाइप विछ्याएको थियो ।
गाउँपालिकाले कृषिमा आत्मनिर्भरका लागि अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।