धरान। राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान खण्डमा धमाधम निर्माण भइरहेको छ। सर्दु खोलादेखि पूर्वझापाको शान्तिनगरसम्म हाल प्याकेजमा निर्माण भइरहेको हो।
मदन भण्डारी राजमार्ग अन्तर्गत धरान खण्डमा पर्ने राजमार्गको धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको टोलीले निरीक्षण गरेको छ। सर्दु खोलाको पुल र पूर्वबाट आउने राजमार्गको एलाइन्मेन्टमा करिब ५ सय मिटर जति तल माथि पर्ने धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार त्यस क्षेत्रका स्थानीयवासीले दिएको वैकल्पिक विषयमा प्राविधिक दृष्टिले के कति उपयुक्त हुन्छ भन्ने विषयमा पनि छलफल भएको छ। सडक विभागले तोकेको एलाइन्मेन्ट नै हुनने उनले बताए।
बीपी कोइराला प्रतिष्ठानको दक्षिणपट्टिको भागबाट जाने बाटोमा जंगल पर्छ। त्यहाँ भएका रूखहरूमा सडक विभागद्वारा टाँचा लगाइसकेको छ। आयोजना तथा सम्बन्धित कर्मचारीसँग पहिलोपटक विस्तृत रूपमा भेटेरै छलफल गर्ने र संयुक्त रूपमा अनुगमन गर्ने पहिलो काम भएको धरान उपमहानगरपालिकाले बताएको छ।